Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा उड्ययन क्षेत्रका प्रमुख विषयहरू

Advertisement800×200-1

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा सोझो हवाई उडान सञ्चालन गर्ने र थप हवाई रुटहरू नेपाललाई उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहने अधिकारीहरूले बताएका छन्। चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न दातृ निकायबाट ऋण लिएर बनाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेवाहरूले हालसम्म व्यवसायीका उडानहरू थालेका छैनन्। नेपाल सरकारले ती विमानस्थल सञ्चालनका लागि सहुलियत घोषणा गर्दै विभिन्न शुल्कहरू नलिने घोषणा गर्दा समेत व्यावसायिक उडानहरू सञ्चालनमा ठोस प्रगति नदेखिएका बेला प्रधानमन्त्रीको भ्रमणमा हवाई सम्पर्क सञ्जालको सुदृढ पार्ने विषय प्रमुख मुद्दा बन्ने एक जना अधिकारीले बताए।

गएको सेप्टेम्बर २३ बाट फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रूपमा उडान गरिरहेको छ र नोभेम्बर ३ तारिखसम्म झन्डै ९ हजार यात्रुले सो विमानमार्फत् आवतजावत गरेको अधिकारीहरूले बताइरहेका छन्। नेपालको चासो रहने एउटा प्रमुख मुद्दालुम्बिनीभन्दा करिब १५ किलोमिटर पूर्वमा अवस्थित सिद्धार्थनगरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ मा सञ्चालनमा आएको थियो। उक्त विमानस्थलबाट पनि आक्कल झुक्कल मात्रै अन्तर्राष्ट्रिय उडान भए। त्यहाँबाट भारततर्फ व्यावसायिक उडान भने हुन सकेको छैन।

सन् २०२३ को जनवरीबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ हालसम्म एउटा उद्धार उडान मात्रै भएको छ। चीनका कतिपय सहरमा विगतमा उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रयास गरिएका भए पनि हाल त्यो अवरुद्ध छ। अधिकारीहरूले ती विमानस्थलमा विदेशी वायु सेवा भित्र्याउन र त्यहाँबाट विदेशमा उडान भर्नका लागि नेपाली वायु सेवाहरूलाई प्रोत्साहित गर्न आफूहरूले निरन्तर जोड दिइरहेको बताउने गरेका छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई ‘केन्द्रमा राखेर’ अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै ती विमानस्थलहरूलाई भारतका विभिन्न सहरहरूसँग जोड्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउँछन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर