Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेतान्याहुले चुनावअघि इरानमाथि आक्रमण गर्न चाहेका थिए, ट्रम्पको हस्तक्षेपले रोकियो

Advertisement800×200-1

इजरायली न्युज च्यानल–१२ का अनुसार, बेन्जामिन नेतान्याहुले चुनावअघि इरानमाथि आक्रमणको योजना बनाएका थिए, तर डोनाल्ड ट्रम्पले हस्तक्षेप गरेर यसलाई रोकिदिए। रिपोर्टमा इजरायली सेना र सुरक्षा निकायका धेरै अधिकारीहरूले आक्रमणको विरोध गरेका थिए र यसले २७ अक्टोबरको चुनावमा असर पार्न सक्ने बताएका थिए। नेतान्याहुको कार्यालयले चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको दाबी गर्दै च्यानल–१२ को रिपोर्ट झुटो भनेको छ। २२ कात्तिक, काठमाडौं।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर आक्रमणको योजना रोकाइदिए।

रिपोर्टका अनुसार, इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारीहरू नेतान्याहुको यस योजनाको विपक्षमा थिए। आक्रमण गरेमा इरानले जवाफी प्रहार गर्न सक्ने, जसले गर्दा दुई देशबीच तनाव अझ बढ्ने र २७ अक्टोबरमा हुने चुनावसमेत प्रभावित हुने उनीहरूको आशङ्का थियो। अधिकारीहरूको असहमतिका बाबजुद नेतान्याहुले योजनामा काम जारी राखेका थिए। च्यानल–१२ का अनुसार, इजरायलका एक सुरक्षा अधिकारीले हतारमा यस्तो कदम चाले, जसबाट अमेरिकाले यस योजनाबारे थाहा पायो।

यता, प्रधानमन्त्री नेतान्याहुको कार्यालयले यस समाचारलाई झुटो बताएको छ। इजरायली चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको कुरा प्रधानमन्त्रीले त्यतिबेलै स्पष्ट पारेको कार्यालयको भनाइ छ। २५ अक्टोबरमा च्यानल–१२ ले जनाएअनुसार नेतान्याहुले सेनालाई यस्तो आदेश दिएका थिए, जसले इरानसँगको लडाइँ पुनः सुरु गराउन सक्थ्यो। तर, सेना प्रमुख एयाल जमीरले उक्त आदेश मान्न अस्वीकार गरिदिए। यद्यपि, उनले सेना र मोसादलाई इरानको वर्तमान सरकार ढाल्न निर्देशन दिएको कुरा भने स्वीकारेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर