ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको दोस्रो खेलमा नेपाल यूएईविरुद्ध ४१ ओभरमा १५३ रन बनाएर अलआउट भएको छ। नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रन जोडे। दर्श सोनार र निरज यादवले क्रमशः १६ र ११ रन बनाए।
यूएईका नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ र नूरउल्लाह अयोबीले २ विकेट लिए। नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो।