Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडीको सहभागिता

Advertisement800×200-1

१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडीले ३० खेलमा प्रतिस्पर्धा गर्ने जानकारी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दिएका छन्। प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ, जसमा साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडी सहभागी हुनेछन्। १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुनेछ। २२ कात्तिक, काठमाडौं। १०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन्। १०औं खेलकुदमा सुदूरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिएका छन्। उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ। साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरूले १०औं खेलमा भाग लिनेछन्। बाँकी खेलमा भने छनोट प्रतियोगिता हुनेछ। ७ खेलको छनोट कञ्चनपुर र १८ खेलको छनोट कैलालीमा हुनेछ। १०औं खेलकुद आउँदो मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर