Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाली यू–१९ महिला टोली बेल्ट एण्ड रोड सिरिजमा अपराजित च्याम्पियन

Advertisement800×200-1

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजमा अपराजित रहँदै च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा खेलेका चारै खेल जितेको छ भने दुई खेल वर्षाका कारण रद्द भएका छन्। नेपालले थाइल्यान्ड, हङकङ र चीनलाई पराजित गर्दै उपाधि जितेको हो। २२ कात्तिक, काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोली चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजको च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो।

चीन, हङकङ, थाइल्यान्ड र नेपाल सहभागी सिरिजमा प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई खेल खेल्ने तालिका थियो। नेपालले खेलेका चार खेलमा जित हासिल गर्‍यो भने दुई खेल वर्षाका कारण रद्द भए। नेपालले आज हङकङसँग खेल्ने तालिका रहेको खेल रद्द भएपछि अपराजित च्याम्पियन बनेको हो। यसअघि चीनसँगको एक खेल पनि रद्द भएको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीनविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो। चौथो खेलमा थाइल्यान्डलाई हराएको नेपालले पाँचौं खेलमा चीनलाई पराजित गर्‍यो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर