Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

Advertisement800×200-1

एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो। नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए। यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन बनाए। नेपालका लागि सुशील रावल, कप्तान बिपिन शर्मा र निरज पटेलले १-१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो। नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए। यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए। नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ। लगातार दुई हार बेहोरेको नेपालको सेमिफाइनल सम्भावना भने लगभग समाप्त भएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर