Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनभिडिया काण्डमा चिनियाँ जासुस एलिस ह्वाङको भूमिका

Advertisement800×200-1

एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध र एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्धको आरोपपछि छानबिन र सूक्ष्म निगरानी शुरू भएको छ। मेगास्पीडले आन्तरिक छानबिन गर्न आदेश दिएको छ, र त्यो छानबिन बाह्य कानुनी सल्लाहकारद्वारा गरिने जनाएको छ। जेन्सेन ह्वाङले पत्नीप्रति अविश्वासी रहेको स्वीकार गर्दै पूर्ण जिम्मेवारी लिएको र एनभिडियाले उनलाई सीईओका रूपमा निरन्तर रहने जनाएको छ।

चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म निगरानीको घेरामा परेकी छन्। ‘ह्वाङ ले’ को नामले पनि चिनिने उनी सिङ्गापुरस्थित प्रविधि कम्पनी ‘मेगास्पीड’ की पूर्व वरिष्ठ कार्यकारी हुन्। द न्युयोर्क टाइम्सको गत महिनाको एक प्रतिवेदन अनुसार, अमेरिकी गुप्तचर निकायहरूले चिनियाँ नागरिक एलिसले एनभिडियाका प्रमुखसँग प्रेम सम्बन्ध गाँसेकी थिइन् र उनी बेइजिङलाई सोझै सूचनाहरू उपलब्ध गराइरहेकी थिइन् भन्ने कुरा पत्ता लगाएका थिए।

द वासिङ्टन पोस्टका अनुसार कर्मचारीहरूलाई पठाएको एक सन्देशमा ह्वाङले लेखे, ‘म मेरो पत्नीप्रति अविश्वासी भएँ। मेरो व्यवहारले उनी र हाम्रा बालबच्चालाई चोट पुर्‍याएको छ। मैले जे गरेँ त्यसका लागि कुनै बहाना हुन सक्दैन। म गहिरो दुःख व्यक्त गर्दछु।’ एनभिडियाले भनेको छ कि यस विषयमा जारी अनुसन्धानका क्रममा ह्वाङ एनभिडियाका सीईओकै रूपमा निरन्तर रहनेछन्। कम्पनीका प्रवक्ताले भनेका छन्, ‘आजको समाचारले एनभिडियाको गतिलाई ढिला बनाउने छैन। जेन्सेन बिना कुनै अवरोध सीईओका रूपमा एनभिडियाको नेतृत्व जारी राख्न प्रतिबद्ध हुनुहुन्छ।’

चीनको सरकारी दैनिक पत्रिका ‘ग्लोबल टाइम्स’ ले अमेरिकी सञ्चारमाध्यमहरूमाथि काल्पनिक गुप्तचरीको भाष्य खडा गरेको आरोप लगाउँदै यी जासुसीका दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। द स्ट्रेट्स टाइम्सका अनुसार उक्त सम्पादकीय टिप्पणीमा भनिएको छ, ‘जब-जब चीन-अमेरिका सम्बन्धमा सुधार आउन थाल्छ, तब-तब कसै न कसैले पछाडिबाट चिसो गोली प्रहार गर्छ।’


Advertisementadv-800×200.png

सम्बन्धित खबर