Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फ्रान्सका ग्रोसरी स्टोरहरूमा साइबर हमलामा इरानी सैन्य टोलीको संलग्नता

Advertisement800×200-1

फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर र खुद्रा केन्द्रमा भएको साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। यो आक्रमणलाई फ्रान्सेली भूभागमा स्याबोटाज गर्ने उद्देश्यले इरानद्वारा सञ्चालित पहिलो प्रत्यक्ष साइबर आक्रमण अभियानका रूपमा वर्गीकरण गरिएको छ। अनुसन्धानकर्ताहरूले इरानको आईआरजीसीभित्रको विशेष साइबर तोडफोड युनिट ‘साहिद कावेह’ ले यो आक्रमण गराएको पुष्टि गरेका छन्। ह्याकरहरूले रेफ्रिजरेसन प्रणालीको तापमान बढाएर करोडौँ युरो मूल्य बराबरको खाद्य सामग्री नष्ट गराएका छन् र कम्तीमा १५ ठाउँमा आगलागी भएको छ।

फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै यस हमलालाई भौतिक क्षति र भौतिक पूर्वाधारमाथिको आक्रमणको रूपमा वर्णन गरेको छ। फ्रान्सेली गुप्तचर निकायका अनुसार, इरानी ह्याकरहरूले केवल डाटा चोरीमा सीमित नरही सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका भौतिक उपकरणहरूलाई नियन्त्रणमा लिएर क्षति पुर्‍याउनेतर्फ अगाडि बढेका छन्। साइबर सङ्कट समन्वय केन्द्रका अनुसार, ह्याकरहरूले गरिएका ओभरहिटिङका कारण कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो।

‘साहिद कावेह’ र ह्याकिङको प्राविधिक प्रमाणले यो भर्चुअल हमला इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) भित्रको विशेष साइबर तोडफोड युनिटले गराएको पुष्टि गरेका छन्। आक्रमणमा प्रयोग गरिएका प्राविधिक पूर्वाधारहरू यस युनिटले पहिले प्रयोग गर्दै आएका प्रविधिहरूसँग मेल खाएका छन्। यस घटनामा प्रयोग गरिएका कोडहरूमा फारसी भाषाका प्रमाणहरू र उक्त युनिटसँग सम्बद्ध प्रचार च्यानलहरूले यो घटनालाई सार्वजनिक गरेको पाइएको छ।

फ्रान्स सरकारले पेरिसस्थित इरानी राजदूतलाई मन्त्रालयमा तलब गरी कडा विरोध जनाउने तयारी गरेको छ। साथै, फ्रान्सले यो आक्रमणमा संलग्न इरानी व्यक्ति तथा निकायहरूमाथि युरोपेली सङ्घमार्फत नयाँ कडा प्रतिबन्धहरू लगाउन प्रस्ताव गर्ने योजना बनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर