Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

छठ मनाउन सर्लाही जाँदै गरेको ईभी भीमफेदीमा दुर्घटना, दुई बालिकासहित १० जनाको मृत्यु

Advertisement800×200-1

हेटौँडा, २६ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। गाडीमा चालकसहित १५ जना सवार थिए। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट भिरमा खसेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रारम्भिक विवरणअनुसार दुर्घटना बिहान करिब ५ बजेर ४५ मिनेटमा भएको थियो।

दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृत्यु भएका सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका हुन्। उनीहरू छठ मनाउन काठमाडौंबाट गाउँ फर्कँदै थिए। कान्तिपुरका अनुसार घाइते दुई बालक र तीन पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनास्थलभन्दा केही माथि डाँडाबाट तीन वर्षीय एक बालकलाई जीवित उद्धार गरेको जनाएको छ। उद्धारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसहित सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन गुल्म र नेपाली सेना खटिएका थिए। कान्तिपुर प्रकाशित पछिल्लो विवरणअनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ। बाँकीको पहिचान खुलाउने काम भइरहेको छ। दुर्घटनाको कारण अझै खुलेको छैन।


Advertisementadv-800×200.png

सम्बन्धित खबर