हेइटीमा एउटा रङ्गशालाको खानतलासीका लागि बन्दुकसहितका रोबट कुकुरको प्रयोग गरिएको छ। एल साल्भडोरका राष्ट्रपति नयीब बूकेले ‘एक्स’मा यो भिडिओ पोस्ट गर्दै त्यहाँ मानव खप्पर भेटिएको दाबी गरेका छन्।
साथै, साल्भडोर र हेइटीका फौजले सिल्भिओ क्याटर रङ्गशालालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उक्त रङ्गशाला विगत दुई वर्षयता एउटा गिरोहको नियन्त्रणमा थियो। हिंसा नियन्त्रणका लागि एल साल्भडोरले विगत केही वर्षयता हेइटीमा पनि आफ्ना फौज खटाएको छ।