

विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्यसेवा र औषधि आपूर्तिको अवस्था कस्तो छ


विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्यसेवा र अत्यावश्यक औषधि चाहिए के गर्ने
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको अढाई महिना बितिसक्दा पनि विस्थापित भएका मानिसहरूको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन। अझै कैयौँ मानिसहरू प्रभावित स्थानमा वा नजिकै अस्थायी प्रबन्ध गरेर बसोबास गर्दै आएका छन्। आधारभूत व्यवस्थापनमै ढिलाइ हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरू स्वास्थ्य र शिक्षासहितका सेवाका लागि अझै राज्यकै मुख ताक्न बाध्य छन्। यस्तो अवस्थामा केही मानिसले बेलाबखतमा अत्यावश्यक औषधिकै अभाव हुने गरेको गुनासो गर्न थालेका छन्।
बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई नियमित स्वास्थ्य सेवा कसरी पुर्याइएको छ अनि औषधिको अभाव भए उनीहरूले के गर्नुपर्छ? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीसँग कुराकानी गरेकी छन्।

सम्बन्धित खबर









