Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

छठको भोलिपल्ट पनि सार्वजनिक बिदा, दानबहादुर कार्कीको रिटको पेसी प्रभावित हुने

Advertisement800×200-1

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक २९ गते आइतबार छठ पर्वको बिदा छ । सोमबार पनि बिदा थपिएपछि सर्वोच्च अदालतमा त्यस दिनका लागि तोकिएका मुद्दाको पेसी प्रभावित हुने भएको छ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी पनि सोमबारकै लागि तोकिएको थियो । सार्वजनिक बिदाका कारण उक्त रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले नयाँ पेसी मिति तोक्नुपर्ने भएको छ । सरकारले पदावधि बाँकी छँदै कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । कार्कीले नयाँ जिम्मेवारी स्वीकार गरेनन् र आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर