Skip to main content

चैत २२ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक प्रक्रिया सुरु हुँदैछ

निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नेपाली नागरिकहरूले अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

आयोगले त्रुटि सुधार, दोहोरो नाम हटाउने, मृत्यु र बसाइँसराइँको विवरण पनि अनलाइनबाट अद्यावधिक गर्न सकिने जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछिको मङ्सिर ६ गतेदेखि आयोगले उक्त कार्य बन्द गरेको थियो।

राष्ट्रिय परिचयपत्र प्रणालीमा नपरेका नेपालीहरूले आयोगको प्रणालीमा अनलाइन फाराम भरेपछि फोटो र औँठाछापसहितको जैविक विवरण लिएर प्रदेश वा जिल्लाको निर्वाचन कार्यालयमा जानुपर्नेछ। मतदाता नामावलीमा भएका त्रुटिहरू सुधार्ने, दोहोरो नाम हटाउने, मृत्यु र बसाइँसराइँको विवरण अद्यावधिक गर्ने कार्यहरू पनि अनलाइन माध्यमबाट गर्न सकिने आयोगको विज्ञप्तिमा उल्लेख छ।