
१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गर्न निर्देशन जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको नियुक्ति पश्चात्, उनले एसईईको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि बोर्डलाई नतिजा १ महिनाभित्रै सार्वजनिक गर्ने गरी काम गर्न निर्देशन दिइएको थियो। सोही अनुसार निर्देशन जारी गरिएको हो।






