Skip to main content

नासा र आर्टिमिस २: अन्तरिक्षयात्रीहरुले कसरी शौचालय प्रयोग गर्छन्

अन्तरिक्षयात्रीहरुले कसरी शौचालय प्रयोग गर्छन् भनेर प्रश्न उठ्ने गर्छ। नासाले चन्द्रमाको परिक्रमा गर्ने १०-दिने अभियानका लागि ‘आर्टिमिस २’ प्रक्षेपण गरिसकेको छ। यस अभियानको लागि नासाका वैज्ञानिकहरुले अन्तरिक्षयानमा यात्रुहरुलाई शौच गर्न सहज बनाउन ‘यूनिभर्सल वेस्ट म्यानेजमेन्ट सिस्टम’ प्रयोग गरेका छन्। उक्त विशेष शौचप्रणालीमा महिला र पुरुष दुवै अन्तरिक्षयात्रीहरुले मल र मूत्र विसर्जन गर्न सक्नेछन्।

तर अन्तरिक्षयान प्रक्षेपणका क्रममा उक्त प्रणालीमा केही अनपेक्षित समस्या देखा परेकाले नासाका फ्लाइट कन्ट्रोलरहरुले सूचित गरेका थिए। पछि उनीहरुले ती समस्या समाधान भइसकेको र शौचप्रणालीले ठीकसँग काम गर्न थालेको पुष्टि गरेका छन्। यस प्रणाली बाहेक अन्तरिक्षयानमा शौच गर्न अन्य विकल्पहरू पनि उपलब्ध छन्।