
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरेको छ। मन्त्रालयले बिहीबार गरेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूलाई ती रिक्त पदमा नियुक्त गरिएको हो।
नयाँ सरकार गठन भएपछि मन्त्री प्रतिभा रावलले विभिन्न जिल्लामा प्रमुख प्रशासकीय अधिकृतहरू नियुक्त गर्न थाल्नुभएको छ। जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारीहरू विभिन्न मन्त्रालयमा कार्यरत थिए। यसअघि विभिन्न जिल्लामा समन्वय समिति तथा नगरपालिका तहमा ६३ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त गरिएको थियो।
बिहीबार तोकिएका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूलाई कहाँ र कसलाई नियुक्त गरिएको छ ? सूची यस प्रकार छ।






