
२० चैत, काठमाडौं । नेपाल प्रहरीले प्राविधिक क्षेत्रमा विभिन्न पदहरूमा ४०० भन्दा थप दरखास्त आह्वान गरेको छ। प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा भर्ना खुला गरिएको हो। इन्जिनियरिङ क्षेत्रअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर, अटोमोबाइल क्षेत्रमा दरखास्त माग गरिएको छ।
त्यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायत पदहरूमा दरखास्त खुला भएका छन्। प्रहरी जवान पदका लागि २८० र अन्य पदहरूको लागि १२९ दरखास्त पेस गर्न सकिनेछ।
दरखास्त बुझाउने अन्तिम म्याद प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लागि चैत २५ देखि वैशाख २४ सम्म तोकिएको छ। प्राविधिक प्रहरी जवान पदका लागि म्याद चैत २६ देखि वैशाख ३१ सम्म कायम गरिएको छ। विज्ञापन यहाँ हेर्नुहोस्– गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन पनि अवलोकन गर्नुहोस्–






