Skip to main content

विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

२१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधिहरू रहेका छन् ।

प्रहरीले राति ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका १८ जनाको नामावली यसप्रकार छ – १) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने १८ वर्षीय सूर्य माझी २) बाँके घर भई एयरपोर्ट बस्ने २२ वर्षीय एकेश तामाङ ३) पाँचथर घर भई एयरपोर्ट बस्ने २६ वर्षीय प्रेमकुमार मगर ४) सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय राजकुमार राई ५) मकवानपुर घर भई एयरपोर्ट बस्ने ४० वर्षीय मगलमान घलान ६) पाँचथर घर भई टोखा बस्ने ३८ वर्षीय खगेन्द्र लिम्बु ७) मोरङ घर भई एयरपोर्ट बस्ने २९ वर्षीय आशिस खतिवडा ८) मकवानपुर घर भई सम्भुमार्ग बस्ने ३४ वर्षीय विश्व मोक्तान ९) धनुषा घर भई एयरपोर्ट बस्ने ४५ वर्षीय वीरेन्द्र झा १०) सिराहा घर भई तिलगगा बस्ने ६० वर्षीय लडा मिया ११) नयाँ बसपार्क बस्ने ४६ वर्षीय पर्सुराम राई १२) रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ १३) धनुषा घर भई तिलगगा बस्ने ५३ वर्षीय रघुवीर शाह १४) महोतरी घर भई तिलगगा बस्ने ३३ वर्षीय राजिवकुमार रावत १५) धनुषा घर भई गौशला बस्ने २६ वर्षीय सरोजकुमार महतो १६) मकवानपुर घर भई काजि गौशला बस्ने १९ वर्षीय अजयलामा १७) झापा घर भई सिनामगल बस्ने ३९ वर्षीय केशव लिम्बु १८) बझाङ घर भई सिनामगल बस्ने २० वर्षीय रामप्रसाद जोशी १९) बझाङ घर भई कीर्तिपुर बस्ने २९ वर्षीय बिमलराज जोशी।