Skip to main content

यूएईमा ड्रोनका अवशेष खस्दा घाइते ७ मध्ये ६ जना नेपाली अस्पतालबाट डिस्चार्ज

अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन्। आबुधाबीस्थित नेपाली दूतावासले घाइते सातै जनासँग सम्पर्क गरी उनीहरूको अवस्था बुझिरहेको जनाएको छ। इरानले प्रहार गरेको ड्रोन यूएईको वायु रक्षा प्रणालीले अवरुद्ध गरेपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो। २१ चैत, काठमाडौं।

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो। घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको जनाइएको छ।

घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको र उनको अवस्था पनि खतरा रहित रहेको आबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको र उनीहरूको अवस्थाबारे जानकारी लिएको हो। शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्रद्वारा अवरुद्ध गरेपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो। यस घटनाले ७ जना नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए।