Skip to main content

पिंगलास्थानमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई लागुऔषध कारोबारमा संलग्न भएको आशंका गरिएको छ। उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको छ। २४ चैत, काठमाडौं।

काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारको शङ्का गरी दुई भारतीय नागरिक पक्राउ परेका छन्। मध्यराति लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ती दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाले लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।