Skip to main content

कोशी मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक

२६ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ। मुख्यमन्त्री कार्कीकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार, एक महिनाअघि जानुकादेवीको खुट्टा भाँँचेपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा शल्यक्रिया गरिएको थियो। स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन्।