Skip to main content

भक्तपुरमा बिस्का जात्राको विशेष सांस्कृतिक कार्यक्रम

समाचार सारांश भक्तपुरमा २६ चैतमा बिस्का जात्राको पूर्वसन्ध्यामा पाँचतले मन्दिर परिसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। नेवारी समुदायले धिमे बाजासहित नृत्य प्रस्तुत गरेका थिए र सयौं युवतीहरूले हाकुपटासी लगाएर नृत्य गरेका थिए। कार्यक्रममा काठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको मद्दतले तानेर जात्रा सुरु हुने परम्पराको चर्चा गरिएको छ। २६ चैत, काठमाडौं। बिस्का जात्राको पूर्व सन्ध्यामा भक्तपुरमा आज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। पाँचतले मन्दिर (तःमारी) परिसरमा श्री नाःस हैः मा बाजँ समूहको आयोजना मिलाएर विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो। कार्यक्रममा नेवारी समुदायले एकसाथ धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए। हाकुपटासी लगाएका सयौं युवतीहरूले धिमे बाजाको तालमा नृत्य प्रस्तुत गरेका थिए। पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरभर उनीहरूले बाजा तथा नृत्य देखाएका थिए। सांस्कृतिक नृत्य हेर्न मानिसहरूको बाक्लो भिड लागेको थियो। प्रति वर्ष यही ठाउँमा राखेर काठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायता लिएर तानेर जात्रा सुरु गर्ने परम्परा छ।