Skip to main content

उपसभामुख चयन भएपछि रुबीकुमारीले पार्टीको जिम्मेवारीबाट पछि हटिन्

२७ चैत, काठमाडौं। उपसभामुखको रूपमा निर्वाचित भएपछि रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग हुन निर्णय गरेकी छन्। उनले पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा संविधान र कानुनले तोकेको तटस्थ भूमिका निभाउनका लागि पार्टी छोड्नुपर्ने उल्लेख गरिन्।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई हराउँदै रुबीकुमारी उपसभामुखको पदमा निर्वाचित भईन्। सदनमा उपस्थित २५६ मध्ये २२९ जनाले उनलाई समर्थन जनाए।