
उदयपुरको बेलका नगरपालिका–६, वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
२९ चैत, उदयपुर – उदयपुरमा भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ। बेलका नगरपालिका–६, वाबुङला सामुदायिक वनबाट भरूवा दुई थान बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दैछ।






