
३ वैशाख, काठमाडौं । लेखा समितिको सभापति पद कांग्रेसलाई दिने विषयमा रास्वपाले निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता गरिनेछ।
उता, कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ। यसैबीच, एमाले र नेकपाले कांग्रेसको उम्मेदवारलाई लेखा समितिको सभापतिमा सघाउने निर्णय गरेको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्।






