Skip to main content

मञ्जुश्री ट्रेल रेसमा अर्जुन र आङ फुर्बाले उपाधि जिते

मञ्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा शेर्पा विजेता घोषित भए। पुरुषतर्फ अर्जुन राई कुलुङले २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा पहिलो स्थान हात पारे भने महिलातर्फ आङ फुर्बा शेर्पाले ३३ घण्टा १३ मिनेट ६ सेकेन्डमा उपाधि जितिन्। आयोजकले विजेतालाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरेका छन्। ७ वैशाख, काठमाडौं।

काठमाडौं उपत्यकाको रिम क्षेत्रमा सम्पन्न यस प्रतियोगितामा धावकहरूले कठिन ट्रेल, उकालो र लामो दूरी पार गर्दै प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ अर्जुन राई कुलुङ २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा विजेता भए, भने मिलन कुलुङ राई दोस्रो र विजय राना मगर तेस्रो स्थानमा रहे। महिलातर्फ आङ फुर्बा शेर्पाले ३३ घण्टा १३ मिनेट ६ सेकेन्डमा जित हासिल गरिन्। एन्ने माइ बान दोस्रो र अनिता राई तेस्रो स्थानमा रहिन्। आयोजकले विजेताहरुलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरेका छन्। प्रतियोगितामा सहभागी सबै धावकहरूले कठिन मार्गमा उत्कृष्ट धैर्य र सहनशीलता प्रदर्शन गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ