Skip to main content

मञ्जुश्री ट्रेल रेसमा अर्जुन र आङ फुर्बाले जिते उपाधि

मञ्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा शेर्पा विजेता घोषित भएका छन्। पुरुषतर्फ अर्जुन राई कुलुङले २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा पहिलो स्थान प्राप्त गरे भने महिलातर्फ आङ फुर्बा शेर्पाले ३३ घण्टा १३ मिनेट ६ सेकेन्डमा उपाधि जितिन्। आयोजकका अनुसार विजेतालाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिएको छ। ७ वैशाख, काठमाडौं।

काठमाडौं उपत्यकाको रिम क्षेत्रमा सम्पन्न यस प्रतियोगितामा धावकहरूले कठिन ट्रेल, उकालो र लामो दूरी पार गर्दै प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ अर्जुन राई कुलुङ २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा पहिलो भए भने मिलन कुलुङ राई दोस्रो तथा विजय राना मगर तेस्रो स्थानमा रहेका छन्। महिलातर्फ आङ फुर्बा शेर्पाले ३३ घण्टा १३ मिनेट ६ सेकेन्ड समयमा जित हासिल गरिन्। एन्ने माइ बान दोस्रो र अनिता राई तेस्रो स्थानमा रहिन्। आयोजकका अनुसार विजेताहरूलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा सहभागी सबै धावकहरूले कठिन मार्गमा उत्कृष्ट धैर्य र सहनशीलता प्रदर्शन गरेका थिए।