
११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिले विदेशी नागरिकता प्राप्त गरेका १७ नेपाली चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाएको छ। काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली तथा नेपाल नागरिकता ऐनअनुसार यो निर्णय गरेको बताएको छ। ति चिकित्सकहरूले नेपाली नागरिकता छोडेर विदेशी राहदानी लिएका हुनाले उनीहरूको नाम दर्ता सूचिबाट हटाइएको काउन्सिले स्पष्ट पारेको छ। नाम हटाइएका चिकित्सकहरूले बेलायत, अमेरिका, क्यानडा, हङकङ, अस्ट्रेलिया, पोर्चुगल र भारतका राहदानी लिएका छन्।






