
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ निवासी २१ वर्षीय सविन नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको छ। सविनमाथि गत ९ वैशाखमा न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेको र १० वैशाखमा गोंगबु चाकेमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेको आरोप लागेको छ।
उनविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दर्ता हुँदै गएको र उनी २ महिना बाल सुधार गृहमा बसेको जानकारी प्राप्त भएको छ। चोरीको आरोपमा गत २२ साउनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो भने जेनजी आन्दोलनको अवसरमा हिरासतबाट फरार पनि भएको खुलेको छ।






