Skip to main content

सरकारले सुकुमवासी बस्ती हटाएपछि नयाँ पूर्वाधार निर्माण सुरु गर्ने निर्णय गर्यो

सरकारले अनधिकृत सुकुमवासी बस्ती हटाएर तात्कालिक रूपमा नयाँ पूर्वाधार निर्माण सुरु गर्ने निर्णय गरेको छ। शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले बस्ती हटाउने निर्णय लियाे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले पूर्वाधार तयारीका काम तत्काल सुरु गर्ने निर्णय गरेको छ। ११ वैशाख, काठमाडौं।

शुक्रबार बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले यस्तो निर्णय गरेको हो। ‘बस्ती खाली भएपछि उक्त स्थानमा रहेका भत्किएका संरचनाहरू हटाउने, ट्रयाक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तुरुन्तै सुरु गर्ने’ निर्णयमा उल्लेख गरिएको छ।