Skip to main content

सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजी पदोन्नतिका लागि सिफारिस

१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले शुक्रबार यी ६ जना एसएसपीलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

सिफारिस सूची अनुसार पहिलो स्थानमा दिग्विजय सुवेदी, दोस्रोमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथोमा प्रवीण कँडेल, पाँचौंमा राजेश उप्रेती र छैटौंमा नेत्रबहादुर कार्की रहेका छन्।