
समाचार सारांश सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने दोस्रो चरण अन्तर्गत बल्खु, माछापोखरी, शंखमुल क्षेत्रमा डोजरले घर भत्काइरहेको छ। सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीहरूले आफ्नो घर भत्किने डरका कारण लालपुर्जाको प्रतिलिपि घरको भित्तामा टाँसेका छन्। शंखमुलको सुकुमवासी बस्तीछेउका नङ्गा जग्गामा घर बनाउनेहरूले पनि लालपुर्जाको प्रतिलिपि भित्तामा टाँसेका छन्। १८ वैशाख, काठमाडौं । सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने कार्य निरन्तर जारी राखेको छ। दोस्रो चरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुल लगायतका क्षेत्रमा डोजरले घर/टहराहरू तोडफोड गरिरहेको छ। सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीहरूले आफ्नो घर पनि भत्किने डरले घरको भित्तामा देखा पर्ने गरी लालपुर्जाको प्रतिलिपि टाँसेका छन्। शंखमुलको सुकुमवासी बस्ती छेउको नङ्गा जग्गामा घर बनाउनेहरूले यसरी घरको भित्तामा लालपुर्जाको प्रतिलिपि टाँसेका छन्।






