Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बल्खुका स्थानीय बासिन्दाहरूले अनाधिकृत संरचना हटाउने कार्यप्रति असन्तोष प्रकट गरे

Advertisement800×200-1

बल्खु क्षेत्रका स्थानीय बासिन्दाहरूले अनाधिकृत संरचना र सुकुमवासि बस्ती हटाउने प्रक्रियाप्रति गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्। अम्बिका पुरीले पूर्वसूचना नदिई बस्ती हटाउन खोजिएको र विकल्पको व्यवस्था नगरी सडकमा पुर्‍याइएको आरोप लगाएकी छिन्। उनले महानगरपालिकाले कुनै पनि पूर्वब्यवस्था नगरेको र डोजर चलाउँदा धनमालमा क्षति पुगेको समेत जानकारी दिइन्। १८ वैशाख, काठमाडौं।

अनाधिकृत संरचना र सुकुमवासि बस्ती हटाउने प्रक्रिया अघि बढ्दा बल्खु क्षेत्रका स्थानीयहरूमा तीव्र असन्तोष र आक्रोश देखिएको छ। बल्खुस्थित सुकुमवासि बस्तीमा सात जनाको परिवारसहित बसोबास गर्दै आएकी अम्बिका पुरीले पूर्वसूचना नदिई अचानक बस्ती हटाउन खोजिएको भन्दै आफ्नो पीडा व्यक्त गरिन्। उनले भनिन्, “विकल्पको व्यवस्था नगरी हामीलाई सडकमा पुर्‍याइएको छ।”

पुरीले विगतमा धेरै मेहनत गरेर बसोबासको उचित व्यवस्था मिलाएको उल्लेख गर्दै सुकुमवासि बस्ती भत्काउनुअघि सही व्यवस्थापन वा अर्को सुरक्षित स्थानको व्यवस्था हुनुपर्ने माग गरिन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै पहिले केही राम्रो काम हुने आशा दिइएको थियो, तर अहिले आफूहरू ठूलो समस्या र निराशामा परेको बताइन्। उनले थपिन्, “हामीलाई कुनै पनि जानकारी नै दिइएको थिएन। यदि जानकारी दिइएको भए कम्तिमा पनि आफ्ना सामानहरू सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर