हरेक अधिनायकवादी सोचमा एउटा साझा विशेषता हुन्छ – उनीहरूले लोकतान्त्रिक प्रक्रियालाई झन्झटिलो, ढिलो र अप्रभावकारी भनेर चित्रण गर्छन्। यसका लागि उनीहरूले संसद्लाई निष्क्रिय बनाउने, बहसलाई अवरुद्ध गर्ने, नीति निर्माण प्रक्रियालाई जानाजानी ढिलो बनाउने र त्यसपछि भन्छन्, ‘लोकतन्त्र ढिलो र असक्षम छ।’