Skip to main content

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

मिना खड्काको पहिलो पुस्तक ‘मेरो स्कुल’ सार्वजनिक भएको छ, जसमा शिक्षा सम्बन्धी अनुभव र सामाजिक यथार्थ समेटिएको छ। यो पुस्तकले विद्यालय जीवनका अनुभव, शिक्षक–विद्यार्थी सम्बन्ध र शिक्षाको महत्व सरल र भावुक शैलीमा प्रस्तुत गरेको छ। लेखिका खड्काले लेखनलाई समाज परिवर्तनको महत्वपूर्ण माध्यम मान्दै भविष्यमा यस्तै कृतिहरू ल्याउने योजना बताएकी छन्।

काठमाडौं। ‘मेरो स्कुल’ पुस्तकले शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटेको छ। यसमा विभिन्न व्यक्तिहरूका विद्यालय जीवनका अनुभूति, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावुक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तक सार्वजनिक भएपछि साहित्यप्रेमी र पाठकहरूले खड्काको प्रयासको प्रशंसा गरेका छन्।

नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको यो कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास लेखक खड्काले व्यक्त गरेकी छन्। उनले आगामी दिनमा पनि यस्तै समाजमुखी कृतिहरू ल्याउने योजना सुनाइन्। उनका अनुसार लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको धेरै महत्त्वपूर्ण साधन हो। ‘मेरो स्कुल’ पुस्तक अहिले पाठकहरूका लागि बजारमा उपलब्ध छ।

पत्रकारिताको पृष्ठभूमि भएकी खड्का हाल अमेरिकामा बसोबास गर्दै अध्ययन तथा लेखन क्षेत्रमा सक्रिय छिन्। उनको स्थायी घर सल्यान जिल्ला हो।