Skip to main content

पश्चिम बंगालमा तृणमूल कांग्रेस र भाजपा गठबन्धनबीच कडा प्रतिस्पर्धा

२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी प्रदेशसभाको चुनावको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । पश्चिम बंगालमा मतदान २९ अप्रिलमा सम्पन्न भएको थियो ।

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लामा पर्ने फाल्टा विधानसभा क्षेत्रमा रहेका सबै २८५ मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ । पीटीआईले जनाएको छ कि २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर अनियमितता’ भएको र लोकतान्त्रिक प्रक्रियामा असर गर्ने घटना देखिएका कारण निर्वाचन आयोगले पुनः मतदान गर्ने आदेश जारी गरेको हो ।

राजनीतिमा महत्त्वपूर्ण मानिएको यस चुनावका कारण भारतीय शेयर बजारमा समेत हलचल देखिन थालेको छ । विधानसभा चुनावको परिणामहरू थप स्पष्ट हुँदै गएसँगै शेयर बजारमा थप उतारचढाव आउने विश्लेषकहरूले बताएका छन् ।