भूमिहीनलाई सडकमा बस्न बाध्य बनाउने नीति स्विकृत गर्न नमिल्ने: हर्क साम्पाङ

२१ वैशाख, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदमप्रति कडा विरोध जनाएका छन्। सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्ती पुगेका अध्यक्ष राईले गरिब र भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने नीति स्वीकार्य नभएको बताएका छन्। उनले सुकुम्बासीहरू समेत नेपाली नागरिक भएकाले उनीहरूको बसोबास, खाना र आवासको अधिकार सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।






