Skip to main content

एयर प्युरिफायर किन्दा ध्यान दिनुपर्ने ५ महत्वपूर्ण पक्षहरु

शहरीकरण र प्रदूषणको वृद्धिले घरभित्रको हावामा समेत प्रदूषण ल्याएको छ, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ। शहरी क्षेत्रहरूमा स्वच्छ सास फेर्न गाह्रो हुने गर्दछ। हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ, तर के साँच्चै त्यो हावा सफा छ? प्रदूषणको कारणले घरभित्रको हावा पनि अहिले प्रदूषित भइसकेको छ। यस परिस्थितिमा, धेरै मानिसहरू आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षार्थ एयर प्युरिफायर किन्न थालेका छन्। तर एयर प्युरिफायर किन्नुअघि केही महत्वपूर्ण कुराहरु जान्न अत्यावश्यक छ। सही जानकारी बिना हामी गल्तीले महँगो अथवा गुणस्तरहीन उपकरण किन्न बाध्य बन्न सक्छौं। एयर प्युरिफायर किन्दा केही विशेष पक्षमा ध्यान दिनुपर्छ, जस्तै: फिल्टरको प्रकार, कोठाको आकारअनुसार उपयुक्त मेसिन छान्नु, र आवश्यक फिचरहरू के के हुन्। सही उत्पादन छनोट गर्दा पैसा र स्वास्थ्य दुवै जोगाउन सहयोग पुग्छ।

१. हाई एफिसेन्सी पार्टिक्युलेट एयर (एचईपीए) फिल्टर एकदमै महत्वपूर्ण हुन्छ। एचईपीए फिल्टर यस्तो प्रविधि हो, जसले हावामा रहेका ०.३ माइक्रोनसम्मका धुलो, परागकण, ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरूलाई प्रभावकारी रूपमा सफा गर्न सक्छ। एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिला असल एचईपीए फिल्टर छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। बजारमा धेरै उत्पादनहरूले ‘एचईपीए टाइप’ लेखेर ग्राहकलाई भ्रममा पार्ने गर्छन्, जुन वास्तविक एचईपीएको जत्तिकै प्रभावकारी हुँदैन। यदि घरमा एलर्जी भएका सदस्य वा साना बच्चा छन् भने एचईपीए फिल्टर भएको प्युरिफायर अत्यन्त लाभदायक हुन्छ।

२. कोठाको आकार अनुसार उपयुक्त मॉडल छान्नु आवश्यक छ। प्रत्येक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ, जुन सीएडीआर (क्लिन एयर डेलिभरी रेट) को माध्यमबाट जनाइन्छ। यो देखाउँछ कि मेसिनले कति छिटो हावा सफा गर्न सक्छ। यदि कोठा ठूलो छ तर सानो क्षमताको प्युरिफायर किनियो भने राम्रो असर नहुन सक्छ। त्यसैले सधैं आफ्नो कोठाको क्षेत्रफल अनुसार उपयुक्त मोडेल छान्नु बुद्धिमानी हुन्छ।

३. आवाज र बिजुली खपतमा पनि ध्यान दिनु पर्छ। धेरैपटक हामी प्युरिफायर किन्छौं तर पछि यसको आवाज वा विद्युत् बिलले समस्यामा पार्न सक्छ। किन्ने बेला मेसिनको डेसिबल स्तर (आवाजको मात्रा) कस्तो छ भनी अवश्य जाँच गर्नुपर्छ।

४. फिचरहरू बुझ्नुहोस् र आवश्यक अनुसार मात्र ध्यान दिनुहोस्। आजका स्मार्ट एयर प्युरिफायरहरूमा वाइफाइ कनेक्टिविटी, मोबाइल एपबाट नियन्त्रण, अटो मोड, नाइट मोड जस्ता धेरै विशेषताहरू उपलब्ध छन्। तर सबै फिचरहरू सबैलाई आवश्यक पनि पर्दैन।

५. फिल्टर परिवर्तन खर्च पनि विचार गर्नुहोस्। एयर प्युरिफायर एक पटक मात्र खरिद गर्ने वस्तु होइन। यसमा नियमित रूपमा फिल्टर परिवर्तन गर्नुपर्ने र सफा गर्नुपर्ने हुन्छ।