
२३ वैशाख, जनकपुरधाम। धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। मिथिला नगरपालिका–७, केमलीपुरका ४८ वर्षीय किर्तिमान विक घाइते भएका छन्। आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फँसेको अवस्थामा देखिएको थियो। विक त्यही कुरा हेर्न गएको बेला चितुवाले उनलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। घाइते विकलाई ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार गरिरहेका छन्। चितुवा अझै पनि सोही तारजालीको पासोमा फँसेको छ र उद्धारको लागि वन कार्यालय र सुरक्षाकर्मी टोली पुगेको प्रहरीले जानकारी दिएको छ।






