Skip to main content
नेविसंघको १२ औँ महाधिवेशन वैशाख २० र २१ मा गर्ने प्रस्ताव

नेविसंघको १२औँ महाधिवेशन वैशाख २० र २१ गते आयोजना हुने प्रस्ताव


६ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन वैशाख २० र २१ गते आयोजना गर्ने प्रस्ताव गरिएको छ । शुक्रवार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले महाधिवेशनको कार्यतालिका अनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने विषय प्रस्ताव गरेका थिए ।

प्रस्तावित कार्यतालिका अनुसार, चैत १७ गते अधिवेशन प्रतिनिधि चयन र प्रतिनिधि नामावली प्रकाशन गरिनेछ, चैत २५ गते माध्यमिक विद्यालयको अधिवेशन, चैत २७ गते स्थानीय तहका अधिवेशनहरू, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान तथा सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन आयोजना गरिनेछ। वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिका अधिवेशन हुनेछ। अन्तमा, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने भनेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ