
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि आइतबार बिहान ८ बजे सम्मका लागि स्थगित गरिएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी गराइन्। बैठकमा सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत गरिएको थियो। उपसभापति शर्माले निर्वाचनमा हारको कारण विश्लेषण गर्दै समीक्षा प्रतिवेदन पेश गरेका थिए र त्यसमाथि छलफल भएको नेताहरूले बताएका छन्। ६ चैत, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि (आइतबार) सम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्। बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत गरिएको थियो। उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएका छन् भने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। साथै, उपसभापति शर्माले निर्वाचनमा हारको कारण विश्लेषण गर्दै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए। आजको बैठकमा सोही प्रतिवेदनमाथि छलफल भएको नेताहरूले बताएका छन्।






