Skip to main content

सेवाग्राहीलाई नझुक्नुस्, घूस र मोलतोल नगर्नुस् – मन्त्री गिता चौधरीको निर्देशन

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जनस्वास्थ्यसँग सम्बन्धित सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता वृद्धि गर्ने निर्देशन दिएकी छन्। मन्त्री चौधरीले विभागलाई नियमित बजार अनुगमन, खाद्य व्यवसायहरूको निगरानी र आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरिन्। उनले प्रयोगशाला सेवा विस्तार, विषादी परीक्षण, एन्टिअक्सिडेन्ट परीक्षण सुरु गर्न तथा आहारपूरक खाद्य पदार्थहरूको प्रभावकारी नियमन गर्न समेत निर्देशन दिइन्। (२५ वैशाख, काठमाडौं)

मन्त्री चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जनस्वास्थ्यसँग सम्बन्धित भूमिकामा उत्कृष्ट सेवा प्रवाह गर्दै पारदर्शिता र प्रभावकारितामा जोड दिन भनिन्। उनले अनुगमनका क्रममा सबै नागरिकले सेवन गर्ने खाद्य तथा अनाज पदार्थहरूको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानवीय स्वास्थ्य संरक्षणमा विभागको नेतृत्व निर्णायक हुने बताइन्।

अनुगमनका क्रममा मन्त्री चौधरीले खाद्य वस्तुको विविधीकरण, खाद्य योगशीलता तथा प्रशोधन सहयोगीहरूको प्रयोग, सीमित मापदण्डहरू र प्रयोगशाला सेवाको दायराको सिमितताका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरिन्। साथै, उनले सेवाग्राहीसँग घूस माग्ने, ढिलाइ गर्ने वा नाकामा मोलतोल गर्ने कार्य नगर्न कडा चेतावनी दिइन्।

मन्त्री चौधरीले विभागलाई नियमित बजार र उत्पादन स्थलको अनुगमन गर्न, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायहरूको निगरानी गर्न तथा खाद्य अनुमति र आयात प्रक्रियामा छरितोपन ल्याउन निर्देशन दिइन्। उनले प्रयोगशाला सेवाको दायरालाई विस्तार गर्दै एजुलेसन विकास, विषादी, हेभी मेटल, माइकोटक्सिन र पानीको गुणस्तर परीक्षणका कामहरूलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ