Skip to main content

बराह सहकारी पीडितहरूको पत्र रवि लामिछानेलाई: हाम्रो बचत रकम फिर्ता गरियोस्

२५ वैशाख, विराटनगर। धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका निक्षेपकर्ताहरूले आफ्नो बचत फिर्ता गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्र पठाएका छन्। बराह सहकारी पीडित समन्वय समितिले करिब ११ अर्ब रुपैयाँ बचत फिर्ता गराउन आग्रह गर्दै लामिछानेलाई यो पत्र लेखेको हो। सहकारीले सुनसरीको धरानसहित देशभरीका झण्डै १० हजार सर्वसाधारणको बचत रकम हिनामिना गरेको पीडितहरूले उजुरी गरेका छन्। २०७८ मंसिरदेखि बचतकर्ताहरूको रकम फिर्ता नहुँदा र सहकारीका सञ्चालकहरू फरार भएकाले हजारौं परिवार संकटमा परेको पत्रमा उल्लेख गरिएको छ।

रास्वपाले निर्वाचनमा गरेका प्रतिबद्धता सम्झँदै पीडितहरूले सहकारीका बचतकर्ताहरूको रकम फिर्ता हुन अनुकूल वातावरण बनाउने काममा लामिछानेलाई आग्रह गरेका छन्। सञ्चालक फरार भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिकाले २०८२ भदौ २२ गते बराह सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरेको थियो। त्यसयता कुनै ठोस पहल नहुँदा पीडितहरू असन्तुष्ट छन्। बराह सहकारी पीडित समन्वय समितिले सहकारीको सम्पत्ति तथा दायित्वको विस्तृत छानबिन गर्न, मुख्य सञ्चालकहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन र बचत रकम फिर्ताका लागि ठोस कदम चाल्न माग गरेको छ। संकटग्रस्त भएपछि अध्यक्ष मानबहादुर विश्वकर्मा, सञ्चालक अमरबहादुर विश्वकर्मा र गंगा बहादुर कालिकोटे फरार रहेका छन्। रवि लामिछानेलाई पठाइएको पत्रको यथार्थ यसरी छः