Skip to main content

हावाहुरीले गोठ भत्किँदा एक महिलाको मृत्यु

२६ वैशाख, जनकपुरधाम। महोत्तरीमा आएको हावाहुरीले गाईगोठ भत्किँदा एक महिलाको ज्यान गएको छ। पिपरा गाउँपालिका ६ मुसहरी टोलकी सुन्देश्वर सदाकी पत्नी, ५० वर्षीया सुनिता सदा घटनास्थलमै मृत्यु भएकी हुन्। सुनिता शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा हावाहुरीबाट बच्ने उद्देश्यले स्थानीय झगरु मुखियाको गाईगोठमा ओत लगाउन पुगेकी थिइन्। त्योक्रममा गोठ भत्किँदा उनी घाइते भई घटनास्थलमै निधन भएकी हुन। महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले यसबारे जानकारी गराएका छन्।