
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र सन्डरल्यान्डबीच गोलरहित बराबरी भएको छ। सन्डरल्यान्डको घरेलु मैदानमा खेलिएको यस खेलमा युनाइटेडले केही उत्कृष्ट गोलका अवसरहरू सिर्जना गर्यो तर गोल गर्न असमर्थ रह्यो। सन्डरल्यान्डले पनि गोल गर्न नसक्दा दुवै टोलीले अंक बाँडे।
यस बराबरीपछि तेस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले ३६ खेलबाट ६५ अंक जम्मा गरेको छ भने सन्डरल्यान्ड ४८ अंकका साथ १२ औं स्थानमा छ। शनिबारका अन्य खेलहरूमा ब्राइटनले वुल्भ्सलाई ३-० ले पराजित गरेको छ भने बर्नमाउथले फूलहमलाई १-० ले हराएको छ।






