
मधेश प्रदेश सभाको सातौं अधिवेशन १ जेठ, शुक्रबार बिहान ११ बजे आह्वान गरिएको छ। मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) अन्तर्गत उक्त अधिवेशन आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले अधिवेशन आह्वान भएको जानकारी दिनुभएको छ। २८ वैशाख, काठमाडौं। मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै १ जेठ, शुक्रबार बिहान ११ बजे प्रदेश सभा अधिवेशन सुरु हुने जानकारी दिएको हो। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले बताएका छन्।






