Skip to main content
Advertisement1200×100-inside-1

विद्यार्थी ९ बजेपछि एसईई नतिजा कसरी हेर्ने?

राष्ट्रिय परीक्षा बोर्डले २८ वैशाख साँझ ८ बजे माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा यसवर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नतिजा एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था गरेको छ, जसमा www.see.gov.np र www.neb.gov.np प्रमुख छन्।

२८ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने जनाए। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, २८ वैशाख साँझ ८ बजे पत्रकार सम्मेलन आयोजना गरिनेछ र विद्यार्थीहरूले नतिजा ९ बजेपछि मात्र हेर्न सक्नेछन्। उनले भने, ‘पत्रकार सम्मेलन ८ बजे हुनेछ, त्यसपश्चात मात्र विद्यार्थीहरूले नतिजा जाँच्न सक्नेछन्।’

Advertisement1200×100-inside-1

परीक्षा बोर्डले बैठकपछि नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका मूल्यांकन गरिएकोले छिटो नतिजा प्रकाशन हुने छ। यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी छन्। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य परीक्षार्थी रहेका छन्। नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटबाट सजिलै जाँच्न सकिने व्यवस्था गरिएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –
नेपाल टेलिकम: १६०० (SMS/USSD तथा IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी हेर्ने?
सरकारी आधिकारिक साइटहरू: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: