
राष्ट्रिय परीक्षा बोर्डले २८ वैशाख साँझ ८ बजे माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछ। एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो र यसवर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ, जसमा www.see.gov.np र www.neb.gov.np प्रमुख छन्।
२८ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरमा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, २८ वैशाखको साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ। उनले भने, ‘पत्रकार सम्मेलन ८ बजे हुने छ र विद्यार्थीले नतिजा ९ बजेपछि नै हेर्नसक्नेछन्।’
परीक्षा बोर्डले बैठक गरेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकोले छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीहरूले फारम भरेका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन्। यीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी रहेका छन्। नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी देख्ने?
सरकारी आधिकारिक साइटहरू: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती:






