Skip to main content
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते – Online Khabar

धादिङको बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते

फोटो क्रेडिट : केशव अधिकारी / फेसबुक २९ वैशाख, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको बैरेनी क्षेत्रमा दुई वटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट पोखरा र वीरगञ्ज तर्फ गइरहेका ती बसहरु गएराति ठोक्किएका हुन् । घाइतेहरुलाई प्रहरीले रातिचै उद्धार गरी अस्पताल पुर्याएको छ । ठोक्किएका बसहरु र घाइतेहरुको विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ