
प्रधानमन्त्री बालेन शाहले संसद्को विशेष बैठकमा स्वास्थ्य समस्या देखिएपछि नीति तथा कार्यक्रम पढ्दै गर्दा बीचमा उठेर हिँडेको विषयमा सल्लाहकार असिम शाहले सफाइ दिएका छन्। असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण केहि समय विश्राम लिनु परेको र पछि पुनः कार्यक्रममा सहभागी भएको बताएका थिए, तर आलोचनापछि सो पोष्ट मेटिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ्दा प्रधानमन्त्रीले बैठक छोडेर हिँड्नु संसदीय मर्यादा उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ। २८ वैशाख, काठमाडौं।
प्रधानमन्त्री बालेन शाहले संसद्को विशेष बैठक छलेर बीचबाटै उठेर हिँडेको घटनाबारे राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्य समस्या देखाएको भनेर स्पष्टीकरण दिएका छन्। सोमबार साँझ शाहले फेसबुकमा प्रधानमन्त्रीको बचाउ गर्दै संसदमा बस्दा स्वास्थ्यमा समस्या आएपछि नीति तथा कार्यक्रम पढ्दै गर्दा बैठक छोड्नुपरेको बताएका थिए। ‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु परेको थियो,’ शाहले लेखेका थिए, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।’
तर केही मिनेटभित्र आएका सयौं आलोचनापछि शाहले उक्त पोष्ट मेटाएका छन्। आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमा उठेर हिँडेका थिए। प्रधानमन्त्री शाह राष्ट्रपतिले नीति कार्यक्रम पढ्दै गर्दा बीचमा निस्किएर हिँडेको भन्दै आलोचना पनि भैरहेको छ। चौतर्फी आलोचना भएपछि बालेन शाहका सचिवालय सदस्य शाहले स्वास्थ्यमा समस्या आएको बताए पनि सामाजिक सञ्जालमा पोष्ट गरेको केही मिनेटमै मेटाएका हुन्।
आज संसद्को राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री शाह नआएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले बहिष्कार गरेको घटनालाई पनि रास्वपाले सफाइ गर्न खोजेको छ। सांसद हरि ढकालले आज बैठक नै आह्वान नभएको दाबी गरेका छन्। तर कांग्रेस संसदीय दल नेता भीष्मराज आङदेम्बेले भने बैठक बहिष्कारको पृष्ठभूमि प्रस्तुत गर्दै प्रधानमन्त्री गैरजिम्मेवार बन्दै गएको आलोचना गरेका छन्। आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा प्रधानमन्त्री नै बैठक छोडेर हिँड्नु संसदीय अभ्यासलाई वर्षौंदेखि नियालेकाहरूका आँखामा अति असभ्य देखिएको दृश्य थियो।
‘मैले झण्डै ४० वर्ष संसद्को सेवामा काम गरेँ। तर यस्तो खालको दृश्य कहिल्यै देखेको थिइनँ,’ संसद सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराइले भने, ‘संसद भनेको मर्यादा र शिष्टाचार पालना गर्ने ठाउँ पनि हो। त्यो ध्यानमा नल्याए संसद्को गरिमा कायम रहन सक्दैन।’ राष्ट्रपति संसद्को बैठकमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संविधानले व्यवस्था गरेको छ। प्रत्येक वर्षको नीति तथा कार्यक्रम संसदमा आएर राष्ट्रपतिले वाचन गर्छन्। राष्ट्रपतिले पढ्ने नीति तथा कार्यक्रम तयार गर्नेदेखि सम्बोधनको समयसमेत सरकारको निर्णयमा भर पर्छ। राष्ट्रपतिले संसदमा आउनुपर्ने विशेष समय प्रधानमन्त्रीले निर्धारण गर्छन्। यही परम्परा अनुसार संयुक्त सदनमा सम्बोधन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले मर्यादापूर्वक व्यवहार गर्न सकेनन्। सल्लाहकार टोलीले बालेनको बचाउ गर्न खोजे पनि अहिले आफूहरूले पछि हटेको देखिन्छ।






